बिएल संवाददाता
गृहमन्त्री रवि लामिछानेले ‘काम गर्न आएको’ रास्वपामामाथि राजनीतिक अन्याय भएको बताएका छन्।
संसदलाई सम्बोधन गर्दै उनले आफूहरू सरकारमा भए पनि सत्ता भने अर्कैले चलाइरहेको आरोप लगाए।
‘काम गर्न आएको रास्वपामाथि ठूलो अन्याय र अच्याचार गरियो’, उनले भने, ‘सत्ता र सरकार फरक कुरा रहेछ। हामी सरकारमा त छौँ तर सत्तामा रहेनछौँ।’
उनले फौजदारी अभियोग लगाइनुपर्ने सहरकारीको मुद्दालाई समिति बनाएर प्रचलित कानुनहरूलाई प्रतिस्थापन गर्न खोजिएको पनि बताए।
‘सहरकारीको पैसा अपचलन फौजदारी कानुन आकर्षित हुने मुद्दा हो। प्रचलित कानुनको अधीनमा रही अनुसन्धानको लागि म तयार रहेको अवस्थामा छु’, उनले भने, ‘फौजदारी मुद्दाको छानिबिन र अनुसन्धान संसदीय समितिले प्रतिस्थापन गर्न सक्दैन।’
उनले सहरकारको बेथिति छानिबिनका लागि समिति बनाउने कुरामा कहिल्यै बिमती नभएको पनि दाबी गरे।
‘त्यसमा हाम्रो कहिल्यै बिमती थिएन। बरु कस्तो र कसरी बनाउने भन्नेमा मात्रै केही असहमति थिए’ उनले भने ‘संसदीय छानबिनबाट म कहिल्यै डराइनँ। तर कस्तो थिति र नजीर बसाउने भन्ने डर थियो।’
नेपाल पुनर्संरचना किन?
रामकुमारी झाँक्री: ‘बोल्न पाइन्छ’ देखि ‘फर्किन पाइन्छ’ सम्मको यात्रा
देश र प्रहरी संगठनको हितमा वरिष्ठलाई ‘आईजीपी’
स्वतन्त्रता भनेको स्वच्छन्दता र अराजकता होइन
नेपालको भविष्य: राजसंस्था र लोकतन्त्र
नेपाल र इजिप्टका जेन–जी आन्दोलन: परिवर्तनको स्वर, पराजयको चित्र
विवादमा नेपाली सेना, यस्तो छ इतिहास
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया