किसानले दुधको पैसा मागे, सरकराले झेल खाना देखायो
सरकारसँग गरेका ती सम्झौताहरू त कार्यान्वयन भएनन् नै स्वयम प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गरेको बाचासमेत पूरा हुन सकेन। १० पुस २०८० मा प्रधानमन्त्री प्रचण्डले कार्याकालको वर्षदिन पुगेको अवसरमा भनेका थिए, ‘दुध किसानहरूको बाँकी बक्यौता २०८० चैतभित्र भुक्तानी हुँदैछ।’
टोपेन्द्र रोका मगर - काठमाडौँ