सौर्य एयरकाे जहाज दुर्घटनामा परेका पाइलट शाक्य डिस्चार्ज हुँदै
काठमाडौँमा भएको सौर्य एयरलाइन्सकाे विमान दुर्घटनामा परेर बाँच्न सफल भएका पाइलट मनिषरत्न शाक्य अस्पतालबाट आज डिस्चार्ज हुने भएका छन्। गत साउन ९ गतेदेखि उनको काठमाडौँको सिनामंगलस्थित केएमसी अस्पतालमा उपचार भइरहेको थियो। उनको स्वास्थ्य अवस्था हाल सामान्य रहेको अस्पतालले जनाएको छ ।
बिएल संवाददाता - काठमाडौं