रोहित पौडेलको उत्कृष्ट प्रदर्शनबीच प्लेअपबाट बाहिरियो लुम्बिनी, अन्य टोलीको सम्भावना कति?
काठमाडौँ गुर्खाजसँग पराजित भएसँगै नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलको नेतृत्वमा रहेको लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपिएल)को प्लेअप होडबाट बाहिरिएको छ। लुम्बिनी पहिलो खेलमा विराटनगर किंग्ससँग २ विकेटले पराजित भएको थियो। त्यस्तै दोस्रो खेलमा पोखरा एभेन्जर्ससँग १० विकेटले र तेस्रो खेलमा सुदूरपश्चिम रोयल्ससँग ४५ रनले पराजित भएको थियो। भने, चौथो खेलमा जनकपुर बोल्ट्ससँग १ रनले पराजित भएको थियो।
युवराज विश्वकर्मा - काठमाडाैँ