हत्या आरोपी दुई वर्षपछि पक्राउ

सांकेतिक तस्बिर

बोक्सोको आरोप लागेका वृद्धको हत्या गरेर फरार रहेका एकजनालाई प्रहरीले मोरङको रंगेलीबाट अढाई वर्षपछि पक्राउ गरेको छ। रंगेली नगरपालिका–९ का ६३ वर्षीय पहाडचन राजवंशीको हत्यामा संलग्न भएको आरोपमा स्थानीय १९ वर्षीय भरतलाल राजवंशीलाई प्रहरीले पक्राउ गरेको हो ।

घटनापछि फरार रहेका भरतलाई गाउँमै फर्किएर लुकिछिपी बसेको अवस्थामा इलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको  जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी घनश्याम श्रेष्ठले बताए ।

कोइरालाले बन्चरो प्रहार गरेर २०७४ साल असार ११ गते बाटो ढुकेर भरतले वृद्धको हत्या गरेपछि झाडीमा बन्चरो फ्यालेर फरार भएका उनलाई लामो समयपछि प्रहरीले पक्राउ गरेको हो । प्रहरीले फ्यालेको ठाउँमा बन्चरो खोजी गरे पनि फेला पार्न सकेन ।

पटक पटक बोक्सो आरोपमा अपहेलित भएका राजवंशीको २०७४ असार ११ गते राति बजारबाट घर फर्कने क्रममा विभत्स हत्या भएको थियो । घर नजिकैको बजार गएर फर्कंदै गर्दा राजवंशीको घाँटी आधासम्म काटिएको थियो ।

२०६९ सालमा प्रहरीले सातजना विरुद्ध मुद्दा चलाएको थियो । कुटपिट पछि पहाडचन र उनकी श्रीमती अंशु राजवंशी गाउँबाट विस्थापित भएका थिए ।

प्रहरीको सहयोगमा पछि पुर्नस्थापित गराएर प्रहरीले ७ जनालाई मुद्दा चलाएको थियो । उनीहरु धरौटी बुझाएर छुटेका थिए । हत्यामा संलग्न भएका राजवंशी सोही समूहका मध्ये एक भएको प्रहरीले बताएको छ ।

प्रकाशित मिति: : 2019-10-23 12:55:29

प्रतिकृया दिनुहोस्