वीरगंजमा फेरी पनि एउटा बलात्कारको घटना सार्वजनिक भएको छ । वीरगंज–११ श्रीपुरमा एक बाबुले आफ्नै छोरीलाई बलात्कार गरेको घटना सार्वजनिक भएको हो ।
मुस्लीम समुदायका एक ४० वर्षिय बाबुले आफ्नै ११ वर्षिय छोरीलाई सोमबार राति मादकपदार्थ सेवन गरी घरमै जबरजस्ती करणी गरेका हुन् । घरमा कोही नभएको मौका छोपी विगतमा पनि उनी आफ्नो छोरीलाई पटकपटक बलात्कार गर्दै आएको पीडित नाबालिकाले प्रहरीमा बायन सहित उजुरी गरेपछि पीडक बाबुलाई पर्सा प्रहरीले हिरासतमा लिई मेडिकल जाँच एवं अनुसन्धान प्रहरीले गरिरहेको पर्साका डिएसपी वीरेन्द्र बहादुर शाहीले जानकारी गराए ।
पीडित बालिकाको आमा वैदेशिक रोजगारीमा कुबेतमा बस्दै आएको मौका छोपी बाबुले राति राति मादकपदार्थ गरी छोरीसँगै अनैतिक काम गर्दै आएतापनि सोमबार राति ११ बजे टोलमा होहल्ला भएपछि मंगलबार बिहान प्रहरीमा उजुरी परे लगतै प्रहरीले पीडकलाई समाएको पर्सा प्रहरी प्रवक्ता समेत रहेका डिएसपी शाहीले जानकारी गराए ।