मालपोत कार्यालय लेखनाथ, कास्कीका खरिदारसहित २ जना घुससहित पक्राउ परेका छन्। पक्राउ पर्नेमा खरिदार प्रकाश पौडेल र लेखापढि व्यवसायी मनोहरि भट्टराई रहेका छन् ।
जग्गा नामसारी गरिदिने बहानामा सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने सूचनाको आधारमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय पोखराबाट खटिएको टोलीले उनिहरुलाई सोमबार पक्राउ गरेको हो ।
उनीहरुलाई १२ हजार घुस लिइरहेको अवस्थामा पोखरा महानगरपालिका २९ मालपोत कार्यालय परिसर नजिकबाट रङ्गेहात नियन्त्रणमा लिइ अनुसन्धान भइरहेको अख्तियार जनाएको छ।