काठमाडौंको बौद्धबाट नक्कली नोट छाप्ने मेसिनसहित तीन जना पक्राउ परेका छन् । विशेष सुराकीका आधारमा पुगेको प्रहरीले सोमबार बिहान बौद्धको नयाँबस्तीबाट नक्कली नोट छाप्ने मेसिनसहित तीन जनालाई पक्राउ गरेको हो ।
दोलखा जिल्ला मेलुङ गाउँपालिकाका राजन परियार, सन्तोष नेपाली र महेन्द्र नेपालीलाई नियन्त्रणमा लिएको महानगरीय प्रहरी वृत बौद्धका डिएसपी रमेश सिंहले जानकारी दिए।
उनीहरुले फ्याल्ट नै भाडामा लिएर नक्कली नोटको कारखाना बनाएको खुलेको छ। उनीहरुको साथबाट प्रहरीले एक हजारको ३४ वटा नक्कली नोट, नोट बनाउन तयार पारिएको करिव २ सय ९० वटा कागज, रंगीन फोटोकपी मेसिन सहित अन्य सामाग्री बरामद गरेको छ।
'उनीहरुले नक्कली नोट बनाउँदै बजारमा पुर्याउने गरेको देखियो।', डिएसपी सिंहले भने, 'प्रारम्भिक बयानमा उनीहरुले अहिलेसम्म ६० हजार रुपैयाँ बराबरको नक्कली नोट बजारमा पुर्याइसकेको बताएका छन् ।' यस बिषयमाअनुसन्धान भइरहेको उनले बताए।
प्रहरीले नोटको कारोबार गर्दा सजक हुन अनुरोध गरेको छ।