राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले उपनिर्वाचन हुने ठाउँहरुबाट ३/३ जना उम्मेदवारहरुको सिफारिस गर्न निर्देशन दिएको छ ।
संयोजक महन्थ ठाकुरले जिल्ला संयोजकहरुलाई पत्र लेख्दै आगामी मंसीर १४ गते प्रतिनिधी र प्रदेशसभा तथा स्थानीय तहको विभिन्न पदको लागि हुने उप निर्वाचनका लागि ३/३ वटा सम्भावित उम्मेदवारको नाम चयन गर्न निर्देशन दिएका हुन् ।
उक्त पत्रमा कात्तिक १३ गते अपरान्ह ५ बजेसम्म अनिवार्य रुपमा राजपाको केन्द्रीय कार्यालयमा उम्मेदवारको नाम पठाउन निर्देशन दिइएको छ ।