पृथ्वीराजमार्ग अन्तर्गत धादिङको धुनीवेशी नगरपालिका–६ स्थित सडक बोर्ड नेपालको सवारी कर कार्यलयमा प्रेसर कुकर बम भेटिएको छ।
कालो टेपले बाँधेर राखिएको बमलाई नेपाली सेनाको ६ बाहिनि अड्डा बैरेनिको टोलिले डिस्पोज गरेको हो।
झोलाभित्र राखिएको प्रेसर कुकरमा बम कसले र किन राखेको भन्ने बारे अनुसन्धान भइरहेको र घटनास्थलबाट नाम उल्लेख नभएको पर्चासमेत भेटिएको ईलाका प्रहरी कार्यलय खानिखोलाका प्रमुख प्रहरी निरिक्षक रुकबहादुर खडकाले बताए।