उत्तरी दोलखाको रोल्वालिङ हिमश्रृंखलास्थित छुकिमा गो हिमाल आरोहण गरेर फर्किने क्रममा एक स्पेनिस आरोहीको मृत्यु भएको छ। मृत्यु हुनेमा ४४ वर्षे स्पेनिस नागरिक लुइस फिलिप भल्भर्डे गुज्मान रहेका छन् ।
६ हजार २५८ मिटरको हिमाल आरोहण गरेर फर्किने क्रममा शनिबार बिहान १० आलो हिउँमा चिप्लेर लुइसको मृत्यु भएको प्रहरीले जनाएको छ।
स्पेनिस गाइड कासासको अनुसार अर्को आरोही डेभिड सुएला फर्नान्डेजले शनिबार बेलुका ५ बजे रेडियोबाट फ्रेस हिउँमा चिल्लेर लडेर आफू एक्लो भएको जानकारी गराएका थिए।
डेभिड फर्नान्डेजलाई २४ घण्टापछि आइतबार बिहान करिब ११ बजे सिम्रिक एअरको हेलिकप्टरमार्फत छिरिङ धेन्डुप भोटेको टोलीले जिवित नै उद्धार गरेको प्रहरीले जनाएको छ।