पश्चिमी वायुको प्रभावले मौसममा बदली,वर्षाको सम्भावना

फाइल तस्बिर

पश्चिमी वायुको प्रभावले मुलुकभरको मौसममा सामान्यदेखि पूर्णबदली आएकाले देशका केही स्थानमा हल्का वर्षाको सम्भावनासमेत रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज देशभर सामान्य बदली रही मध्य र पूर्वका थोरै स्थानमा र पश्चिमका एक दुई स्थानमा हल्का वर्षा हुने सम्भावना रहेको छ । त्यस्तै आज घाम लाग्ने सम्भावना भने कम रहेको र घाम लागे पनि थोरै समयका लागि मात्र देखिने महाशाखाका मौसमविद् गङ्गा नगरकोटीले बताए । घाम नलाग्दा अधिकतम तापक्रममा गिरावट आई चिसो बढ्नेछ।

नेपालबाट मनसुन बाहिरिएसँगै पश्चिमी वायुको प्रभाव बढेको र न्यूनतम् तापक्रम घट्ने क्रममा रहेको उनले जानकारी गराए । अरब सागरबाट नेपाल बहने पश्चिमी जलवायुक्त हावाले तत्काल ठूलो वर्षाको सम्भावना भने नरहेको महाशाखाले जनाएको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

कार्तिक ०३ गते (आइतबार)

दिउँसो: देशभर सामान्य देखि पूर्ण बदलि रहि देशका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ।

राती: देशभर सामान्य बदलि रहि मध्य र पुर्वका थोरै स्थानमा र पश्चिमका एक दुइ स्थानमा  हल्का वर्षाको सम्भावना रहेको छ।

कार्तिक ०४ गते (सोमबार)

दिउँसो : देशको मध्य तथा पूर्वी भू-भागमा आंशिक देखि सामान्य बदली रही पश्चिमी भुभागमा आंशिक बदली रहनेछ। मध्य र पूर्वी पहाडका १/२ स्थानमा क्षणिक वर्षाको सम्भावना रहेको छ।राती: देशका पहाडी भु-भागमा आंशिक देखि सामान्य बदली रही बाकी भु-भागमा आंशिक बदली रहनेछ। देशको पहाडी भू-भागका एक-दुई स्थानहरूमा क्षणिक वर्षाको सम्भावना रहेको छ।

कार्तिक ०५ गते (मंगलबार)

दिउँसो : देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही तराई भुभागमा आंशिक बदली रहनेछ। मध्य र पूर्वी पहाडका १/२ स्थानमा क्षणिक वर्षाको सम्भावना रहेको छ।राती: देशको पहाडी भु-भागमा आंशिक देखि सामान्य बदली रही बाकी भुभागमा आंशिक बदली रहनेछ। देशको पहाडी भू-भागका एक-दुई स्थानहरूमा क्षणिक वर्षाको सम्भावना रहेको छ।

प्रकाशित मिति: : 2019-10-20 13:22:07

प्रतिकृया दिनुहोस्