नेपाल र म्यानमारबीच पर्यटन र संस्कृतिका क्षेत्रमा द्विपक्षीय सहयोग आदानप्रदान गर्ने समझदारी

राष्ट्रपति विद्यादेवी भण्डारी र म्यानमारका स्टेट काउन्सिलर आङ सान सुची

नेपाल र म्यानमारबीच पर्यटन र संस्कृतिका क्षेत्रमा द्विपक्षीय सहयोग आदानप्रदान गर्ने समझदारी भएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारी र म्यानमारका स्टेट काउन्सिलर आङ सान सुचीको उपस्थितिमा बिहीबार नेपितस्थित प्रेसिडेन्सियल हाउसमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र म्यान्मा सरकारका अन्तर्राष्ट्रिय सहयोगमन्त्री क्य तीनले समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् ।

राष्ट्रपति भण्डारी म्यानमारका राष्ट्रपति विन मिन्तको मैत्रीपूर्ण निमन्त्रणामा बुधबार साँझ म्यानमार आइपुगेकी हुन् । राष्ट्रपति भण्डारी र स्टेट काउन्सिलर सु चीबीच उपहार आदानप्रदानसमेत गरिएको थियो ।

प्रकाशित मिति: : 2019-10-18 22:53:50

प्रतिकृया दिनुहोस्