युरोपियन फुटबलको सर्वोच्च निकाय युईएफएले इंग्लिस क्लब म्यानचेस्टर सिटीलाई जरिवाना गरेको छ ।
च्याम्पियन्स लिग अन्तर्गत डाइनामो जाग्रेबविरुद्धको खेलमा समर्थकहरुले मैदानमा विभिन्न चिजहरु फ्याँकेपछि सिटीलाई १५ हजार ७५० युरो जरिवाना गरिएको हो ।
घरेलु मैदानमा २–० को जित निकाल्दा सिटीका समर्थकहरुले फोहोर वस्तुहरु मैदानमा फालेका थिए ।त्यस्तै युईएफएले लिभरपुललाई पिचमा क्षति पुर्राएको आरोपमा १० हजार युरो जरिवाना गरेको छ ।
यस्तै युईएफएले जाग्रेबलाई पनि २० हजार युरो जरिवाना गरेको छ ।युईएफएले आयाक्सलाई समेत ५० हजार युरो जरिवाना गरेको छ ।