सुनसरीमा गएराति आगलागीमा परेर एक जनाको मृत्यु भएको छ ।
इलाका प्रहरी कार्यालय दुहबीका अनुसार सुनसरीको गढी गाउँपालिका–२ का ५२ वर्षीय भूमिसुधार माझीको जलेर मृत्यु भएको हो । उनी टाटीको बेरा तथा फुसको छानो भएको कच्ची घरमा एक्लै सुतेका थिए । सुतेकै अवस्थामा राति आगलागी हुँदा जलेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय दुहवीबाट खटिएको प्रहरी टोलीले घटनास्थल पुगेर आवश्यक अनुसन्धान गरेको बताइएको छ ।