स्पेनिस फुटबल महासंघले बार्सिलोना र रियल मड्रिडबीचको एल क्लासिको खेल स्थगित गरेको छ ।
स्पेनले क्याटलान पृथक्तावादी नेताहरूलाई जेल हालेपछि स्वतन्त्र क्याटलोनियाको पक्षमा हजारौँ मानिसहरूले बिहिबार पनि बार्सिलोनामा प्रदर्शन गरिरहेका छन्।
स्पेनको सर्वोच्च अदालतले सोमाबार नौ क्याटलान नेताहरूलाई नौदेखि १३ वर्षको कारावास सजाय सुनाएको थियो । ।अरू तीन जनालाई जेल सजाय नभए पनि उनीहरूले अवज्ञा गरेको ठहर गर्दै जरिबाना सुनाइयो।
त्यसपछि त्यहाँ आन्दोलन चर्किएको छ।स्वतन्त्र क्याटलानको वकालत गर्ने एउटा दलका भूतपूर्व उपनेता जूआन टार्डाले शान्तिपूर्ण प्रदर्शन गरेका छन्।चौथो दिनको विरोधप्रदर्शनमा प्रदर्शनकारी र प्रहरीबीच भिडन्तहरू भएका थिए।प्रदर्शनकारीहरूले ठाउँठाउँमा आगो बाले तथा सरकारी कार्यालयहरूमा पस्ने प्रयास गरेका थिए।बार्सिलोनामा सरकारी भवनहरूमा बलपूर्वक छिर्न खोज्ने आन्दोलनकारीहरूलाई तितरबितर पार्न दङ्गा प्रहरीले अश्रुग्यास प्रहार तथा बल प्रयोग गरेको थियो।
यसअघि उक्त खेल बार्सिलोनाको घरेलु मैदान नाउ क्यापमा अक्टोबर २६ हुने तय भएको थियो । तर, क्याटलोनियामा आन्दोलनकारी र सुरक्षाकर्मीबीच बेलाबेलामा झडप भइरहने भन्दै सुरक्षको नभएको कारण स्पेनिस फुटबल महासंघले एल क्लासिको रियल मड्रिडको मैदान सार्न प्रस्ताव गरेको थियो । तर, दुवै क्लबले सो प्रस्तावलाई अस्विकार गरेको थिए ।
ला लिगाका अनुसार आगामी खेल डिसेम्बर १८ मा हुनसक्नेछ ।
स्पेनिस लिगमा रियल मड्रिड १८ अंक सहित शीर्ष स्थानमा छ । बार्सिलोनाले १६ अंक सहित रियललाई पछ्याईरहेको छ ।