पेलेको रेकर्ड खोस्न सक्ने हैसियतका खेलाडी मेसी मात्रै हुन् !

तस्बिरः एजेन्सी

स्पेनिस क्लब बार्सिलोनाका स्ट्राइकर लिओनल मेसीका लागि कीर्तिमान बनाउनु कुनै नौलो कुरा होइन । बुधबार मात्रै छैटौं पटक गोल्डेन शु जितेका उनलाई कतिपय खेल प्रेमीहरुले फुटबलका भगवानको समेत दर्जा दिने गरेका छन् ।

अर्जेन्टिनाका मेसीले २०१८-१९ को सिजन मात्रै ३६ गोल गरेर जुन गोल त्यो सिजनै सर्वाधिक गोल हो । उनको नजिक पेरिस सेन्ट जर्मेनका स्ट्राइकर केलियन एमबाप्पे मात्रै पुगे । उनले जम्म ३३ गोल गरेका थिए । त्यो सिजनमा नाम चलेका फुटबलर क्रिस्टियानो रोनाल्डो,नेयमार जुनियर, इडिसन कभानी, लुइस स्वारेज, ह्यारी केन र मोहमद सलाह जस्ता कयौं खेलाडीले मेसीको दाँजोमा पुग्नै सकेनन् ।

उनै मेसीले यतिबेला फुटबलका लेजेन्ड मानिने ब्राजिलियन पेलेको रेकर्डलाई तोड्न सक्ने अनुमान गरिएको छ।एक क्लबका लागि सबैभन्दा बढी गोल गर्ने रेकर्ड अहिले पेलेको नाममा छ। फुटबलका पिता भनेर चिनिने पेलको अहिलेसम्म कसैले रेकर्ड तोड्न सकेका छैन् ।तर बेलाबेलामा पेलसँगै दाँज्ने गरेका मेसीलाई भने पेलेको रेकर्ड खोस्न सक्ने हैसियतका खेलाडीमा गनिने गरिन्छ ।

फुटबल पण्डितहरुका अनुसार ब्राजिलको क्लब सान्तोषका लागि ६ सय ४३ गोल गरेका रेकर्ड मेसीका लागि केहि होइन । उनले सहजै तोड्न सक्छन् । पण्डितहरुका अनुसार पहिलेको सिजन जस्तै मेसी लयमा फर्किएमा यसै सिजन पेलेलार्इ पछाडी पार्न सक्ने खुबी उनैमा छ । मेसीले बार्सिलोनाका लागि अहिलेसम्म ६ सय ४ गोल गरिसकेका छन्।

सामान्य अवस्थामा मेसी एक सिजनमा ४० भन्दा बढी गोल गर्ने क्षमता राख्छन्। सिजन २०१९–२० मा उनले ४० गोलमात्रै गरेमा पनि फुटबलको अर्को किर्तिमान आफ्नो नाममा लेखाउन सक्छन्।

यस दौडमा कुनै बेला मेसीसँग अत्याधिक मात्रामा दाँज्ने गरिएका रोनाल्डो पनि थिए । उनले रियल मड्रिडका लागि ४५० गोल गरेका थिए । तर बुढी तरुनो केटा खोज्दै गएको झै एकबाट अर्काे कल्ब गइरहने रोनाल्डो युभेन्ट्स गए । उनले जुन खेल मड्रिडमा देखाएका थिए त्यहि खेल युभेन्ट्समा गएर देखाउन सकेनन् ।उनले केवल युभेन्टसका लागि ३२ मात्रै गरे ।

अब यस दौडमा मेसी एक्लै भएका छन् । उनलाई अहिलेको युगमा पछि पार्ने कुनै खेलाडी देखिएको छैन् । र, देखिने पनि छैनन् । उनलाई पछि पार्न भने रोनाल्डो पुनः मड्रिडमा फर्किएर आउनु पर्ने हुन्छ । तर नेपालीमा एउटा उखानको टुक्का छ-'पैला गएकी बुढी न आफ्नो न अर्काको' ।त्यसैले मड्रिड फर्केर आएपनि मेसीलाई भेट्न भने असम्भव देखिन्छ ।

प्रकाशित मिति: : 2019-10-17 22:27:44

प्रतिकृया दिनुहोस्