विराटनगर टाइटन्सले वुमन्स च्याम्पियन्स लिगमा विजयी सुरुआत गरेको छ ।
बिहीबार भएको आफ्नो पहिलो खेलमा विराटनगरले ललितपुर फाल्कोन्सलाई ४ विकेटले पराजित गरेको हो । १२३ रनको लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको विराटनगरले १६ ओभरमा ६ विकेट गुमाएर लक्ष्य भेटायो ।
विराटनगरका लागि ज्योति पाण्डेले उत्कृष्ट प्रदर्शन गरिन् । उनले ४३ बलमा १० चौका र एक छक्का प्रहार गर्दै ६५ रन बनाइन् । त्यस्तै, सोनु खड्काले २४ रनको योगदान दिइन् ।
यसअघि त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको ललितपुरले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा १२२ रन बनाएको थियो ।
ललितपुरका लागि ममता चौधरीले २८, करुणा भण्डारीले २१, कृति सेन र सम्झना खड्काले समान १३–१३ रन बनाइन् ।