वुमन्स च्याम्पियन्स लिग: काठमाडौंको पहिलो जित,कप्तान क्षेत्रीको अर्धशतकिय पारी

बिएल

वुमन्स च्याम्पियन्स लिगमा क्याट क्वीन्स काठमाडौंले पहिलो जित निकालेको छ ।

प्रतियोगिताको पहिलो खेलमा चितवन राइनोजसँग ५ विकेटले हारेको काठमाडौंले बिहीबार पोखरा पल्टनलाई ८२ रनले हरायो ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको काठमाडौंले कप्तान रुवीना क्षेत्रीको अर्धशतकमा २० ओभरमा ५ विकेट गुमाउँदै एक सय ५२ रन बनायो ।जसमा उनले ६७ बलमा १४ चौका र दुई छक्काको मद्दतमा ८३ रन बनाइन् । कप्तान रुवीनाको लिगमा पहिलो अर्धशतक हो ।

यस्तै रोमा थापाले १९ तथा इश्वरी विष्टले १० रन जोडिन् । यस्तै शोभा आलेले १२ रन थपिन् ।

बलिङतर्फ पोखराका लागि अनुराधा चौधरीले चार विकेट लिइन् ।

जवाफमा पोखरा १६ ओभर एक बलमा मात्र ७० रनमा अलआउट भयो । उसका लागि कप्तान सिता रानामगरले १७ तथा विन्दु रावलले १० रन बनाउँदा अरु खेलाडीले दोहोरो अंक जोड्न सकेनन् ।

प्रतियोगितामा काठमाडौंले दुई खेलमा दुई अंक बनाएको छ ।

 

प्रकाशित मिति: : 2019-10-17 13:40:05

प्रतिकृया दिनुहोस्