गैरआवासीय नेपाली संघ (एनआरएनए) को निर्वाचन स्थगित भएको छ ।
साँझ ५ बजे सुरु हुने भनिएको मतदान प्रक्रिया ३ घण्टापछि ८ बजेबाट इलेक्टोनिक मतदान सुरु भएपनि केहि समयमै प्राविधिक समस्या आएपछि निर्वाचन स्थागित गरिएको हो । स्थगित गरिएको निर्वाचन भोलि विहान १० बजेपछि सुरु हुने आयुक्त शिव रिजालले जनाए।
यसअघि मतदाताले ३ घण्टासम्म भोट हाल्न नदिएको भन्दै २० हजार फिर्ता माग्दै नाराबाजी लगाएका थिए ।
आक्रोशित भीडले मतदानस्थल बाहिरका केही टेबल-कुर्सी पनि फुटाएका थिए ।
एनआरएनए आइसीसीको आगामी नेतृत्वका लागि कुमार पन्त र कुल आचार्य प्यानल बनाएर चुनावमा भिडेका छन् । कुल ४२ पदका लागि हुने निर्वाचनमा १३ पद निर्विरोध भएका छन् भने दुई पदमा कसैको पनि उम्मेद्वारी परेको छैन । बाँकि भएका २७ पदका लागि ६१ जना चुनावी मैदानमा बाँकि छन् । अधिकांश उम्मेदवार प्यानलका भए पनि केही प्यानलमा समेटिन बाँकि रहेका उम्मेद्वार पनि चुनावी मैदानमा छन् ।
एनआरएनको विश्व सम्मेलनमा विभिन्न ४५ देशका २५ सय प्रतिनिधिको सहभागिता रहेको बताइएको छ ।