नुवाकोटमा बसको ठक्करबाट एक बालकको मृत्यु

बिएल

नुवाकोटको बट्टार बजारस्थित सन्जिवनी हस्पिटल आगाडि बसको ठक्करबाट एक बालकको मृत्यु भएको छ । मृतक ७ वर्षीय बालक तारकेश्वर गाउँपालिका–५ भन्ज्याङथोकको रहेको बताइएको छ।

त्रिशुलीबाट काठमाडौं गइरहेको बा ४ ख ७५०४ नम्बरको केरुङ यातायातको बसले बालकलाई बुधबार दिउँसो ठक्कर दिएको हो । बस तीब्र गतिमा भएको कारणले दुर्घटना भएको प्रहरीको भनाइ छ ।

बालकको मृत्यु भएपछि स्थानीयले बस तोडफोड गरेका छन् ।बालकको मृत्युपछि बट्टारबजारको स्थिति तनावग्रस्त बनेको छ । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले २ राउण्ड हवाई फायर समेत गरेको छ ।

प्रकाशित मिति: : 2019-10-16 14:41:04

प्रतिकृया दिनुहोस्