प्राडा लुइटेललाई राम लामा अविनाशी विशिष्ट प्रतिभा पुरस्कार

फाइल तस्बिर

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको राम लामा अविनाशी विशिष्ट प्रतिभा पुरस्कार प्राडा खगेन्द्र लुइटेललाई प्रदान गरिएको छ ।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले नेपाली भाषासाहित्यको विकास र अन्तर्राष्ट्रियकरणका साथै अनेसासको विकासमा योगदान पुर्याउने व्यक्तिहरुमध्येबाट एक जनालाई हरेक दुई वर्षमा यो पुरस्कार प्रदान गर्दै आएको छ ।डा. लुइटेलले नेपाली भाषासाहित्यको अन्तर्राष्ट्रियकरण र मानकीकरण गर्न पुर्याएको योगदानलाई मूल्याङ्कन गर्दै उक्त पुरस्कारबाट पुरस्कृत गरिएको समितिले जनाएको छ ।

सो पुरस्कारको राशी २५०० अमेरिकी डलर रहेको छ । यसअघि यो पुरस्कार २०१७ मा अनेसासका संस्थापक अध्यक्ष होमनाथ सुवेदीलाई प्रदान गरिएको थियो ।

पुरस्कारका लागि योग्य प्रतिभाको छनौट गर्न बोर्ड अफ ट्रस्टिज कार्यसमितिको बैठकले तीन सदस्यीय प्रतिभा छनौट समिति गठन गरेको थियो ।

नोभेम्बर १० मा अमेरिकाको वासिङ्टन डिसीमा आयोजना हुने अनेसास सर्वोत्कृष्ट पुस्तक पुरस्कार वितरण समारोहको अवसरमा प्राडा लुइटेललाई पुरस्कार प्रदान गरिनेछ ।

प्रकाशित मिति: : 2019-10-16 13:28:44

प्रतिकृया दिनुहोस्