भारतले तेस्रो संस्करणको महिला साफ यू–१५ च्याम्पियनसिपको उपाधि जितेको छ ।
भुटानको थिम्पुमा रहेको चाङ्लिमिथाङ रंगशाला मंगलबार भएको उपाधि भिडन्तमा बंगलादेशलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै भारत च्याम्पियन बनेको हो ।निर्धारित समय गोलरहित बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो ।
पेनाल्टी सुटआउटमा भारतले बंगलादेशलाई ५–३ गोल अन्तरले पराजित गर्यो ।