युरोकप छनोट २०२०: इङल्याण्डका स्टरलिङ चम्किदाँ बुल्गेरियाको पोष्टमा आधा दर्जन गोल

तस्बिरः एजेन्सी

युरोकप छनोट २०२० अन्तर्गत इङल्याण्डले बुल्गेरियामाथि फराकिलो जित हासिल गरेको छ ।

मंगलबार बिहान समुह ए अन्तर्गत भएको खेलमा इङल्याण्डले बुल्गेरियालाई ६–० गोल अन्तरले पराजित गरेको हो ।इङल्याण्डको जितमा रोज बार्कली र रहिम स्टरलिङले २–२ गोल गरे भने ह्यारी केन र मार्कस राशफोर्डले समान एक एक गोल गरेका थिए ।

खेलको सातौं मिनेटमा नै इङल्याण्डका राशफोर्डले खेलमा अग्रता बनाए । २० औं मिनेटमा बार्कलीले इङल्याण्डकालागि गोल गर्दै अग्रता २–० मा पुर्‍याए । त्यसपछि खेलको ३२ औं मिनेटमा पुनः बार्कलीले गोल गर्दा इङल्याण्डले खेल ३–० मा पुर्‍याए।

स्टरलिङले पहिलो हाफको इन्जुरी समयमा गोल गर्दै अग्रता ४–० बनाए । पहिलो हाफ ४–० ले अगाडी रहेको इङल्याण्ड यति मै रोकिएन । खेलको ६९ औं मिनेटमा स्टरलिङले व्यक्तिगत दोस्रो गोल गर्दा इङल्याण्डले अग्रता ५–० बनायो ।

खेलको ८५ औं मिनेटमा कप्तान केनले गोल गरेसँगै इङल्याण्डले खेल ६–० मा टुङ्गायो ।

जितसँगै इङल्याण्डको ६ खेलमा १५ अंक भएको छ भने अंक तालिकामा शिर्ष स्थानमा उक्लिएको छ ।

त्यस्तै चेक रिपब्लिक ६ खेलमा १२ अंकसहित दोस्रो स्थानमा छ । पराजित बुल्गेरियाको भने ७ खेलमा केवल ३ अंक रहेको छ ।

प्रकाशित मिति: : 2019-10-15 07:25:27

प्रतिकृया दिनुहोस्