युरोकप छनोट २०२०: १० खेलाडीमा सिमित युक्रेनले पोर्चुगललाई हरायो

तस्बिरः एजेन्सी

१० खेलाडीमा सिमित युक्रेनले युरोकप २०२० को छनोट खेलमा पोर्चुगललाई पराजित गरेको छ ।

मंगलबार बिहान समुह बि अन्तर्गत भएको खेलमा युक्रेनले पोर्चुगललाई २–१ गोल अन्तरले पराजित गरेको हो ।युक्रेनको जितमा रोमन यारेमचुक र एन्ड्री यार्मोलेन्कोले समान एक एक गोल गरे । यता पोर्चुगलका लागि भने कप्तान क्रिस्टियानो रोनाल्डोले एक गोल गरेका थिए ।

खेलको ६ औं मिनेटमा नै युक्रेनका लागि यारेमचुकले गोल गरेका थिए । त्यसपछि खेलको २७ औं मिनेटमा युक्रेनले अग्रता दोब्बर बनायो । उसकालागि यार्मोलेन्कोले गोल गरे । पहिलो हाफ २–० को अग्रता बनाएको युक्रेनले खेलको ७२औं मिनेटमा तारास स्टेपानेन्को गुमायो । स्टेपानेन्कोले रातो कार्ड पाउदा युक्रेन १० खेलाडीमा सिमित भएको थियो ।

त्यसपछि खेलको ७२ औं मिनेटमा रोनाल्डोले एक गोल पेनाल्टीमार्फत गोल गर्दै खेल २–१ मा सक्काए ।रोनाल्डोले यस खेलमा आफ्नो क्यारियरको ७ सयौ गोल गरेका छन् ।

जितसँगै युक्रेन ७ खेलमा १९ अंक बटुलेर समुहमा शिर्ष स्थानमा रहेको छ भने समुह बि बाट युरो कपमा छनोट भएको छ । पोर्चुगलको भने ६ खेलमा ११ अंक छ ।

प्रकाशित मिति: : 2019-10-15 06:56:27

प्रतिकृया दिनुहोस्