महिला च्याम्पियन्स लिग: विजेताले सात लाख पुरस्कार पाउने

फाइल तस्बिर

महिला च्याम्पियन्स लिग क्रिकेटको विजेता टिमले सात लाख नगदसहित ट्रफि हात पार्ने भएका छन् ।

क्वीन्स इभेन्ट म्यानेजमेन्ट प्रालिले सोमबार महिला च्याम्पियन्स लिग क्रिकेटको पुरस्कार राशि घोषणा गरेको हो ।

क्वीन्सले सार्वजनिक गरेअनुसार उपविजेताले तीन लाख नगद पाउने छ ।प्रतियोगिताको सर्वोत्कृष्ट घोषित हुने खेलाडीले टीभीएस स्कुटरसहित ५० हजार नगद हात पार्ने छन् । त्यस्तै, उत्कृष्ट ब्याट्सम्यान र बलरले जनही २५ हजार प्राप्त गर्ने छन् ।

त्यस्तै, प्रत्येक खेलको ओमन अफ दि म्याच घोषित हुने खेलाडीले नगद पाँच हजार पाउने छन् ।

प्रतियोगितामा पाँच वटा फ्रेन्चाइज टिम रहेका छन् । काठमाडौंको मार्की खेलाडीमा रुविना क्षेत्री, ललितपुरमा नेरी थापा, पोखरामा सीता रानामगर, चितवनान इन्दु बर्मा र विराटनगरमा सरिता मगर मार्की खेलाडीको रुपमा रहेकी छिन् ।

असोज २९ देखि कात्तिक सात गतेसम्म टियु क्रिकेट मैदानमा हुने महिला च्याम्पियन्स लिग क्रिकेटको खेल तालिका भने यसअघि नै सार्वजनिक भइसकेको छ ।

यस्तो छ खेल तालिका

उद्घाटन खेलमा क्याट क्वीन्स काठमाडौंले चितवन राइनोजसँग प्रतिस्पर्धा गर्नेछ ।
असोज ३० गते पहिलो खेलमा काठमाडौंले पोखरा पल्टनसँग प्रतिस्पर्धा गर्दा अर्को खेलमा ललितपुर फाल्कोन्सले विराटनगर टाइटन्ससँग प्रतिस्पर्धा गर्नेछ ।

लिग चरणको विजेता सिधै फाइनलमा प्रवेश गर्नेछ । लिगको दोस्रो स्थानमा हुने र तेस्रो स्थानमा हुने टिमले फाइनल प्रवेशका लागि इलिमिनेटर खेल खेल्नेछ ।

प्रकाशित मिति: : 2019-10-14 18:06:15

प्रतिकृया दिनुहोस्