अर्थशास्त्रतर्फकाे नाेबेल पुरस्कार: भारतीय मूलका अभिजीत बनर्जीसँगै तीन जनालाई संयुक्त रुपमा प्रदान

तस्बिरः एजेन्सी

यस वर्षको अर्थशास्त्र तर्फको नोबेल पुरस्कार तीन जनालाई संयुक्त रुपमा प्रदान गरिने भएको छ ।

भारतीय मूलका अमेरिकी अर्थशास्त्री अभिजीत बनर्जीसँगै एस्थर डफ्लो र माइकल क्रेमरलाई संयुक्त रुपमा यो सम्मान दिने घोषणा गरिएको छ ।

यी तीनै जनालाई विश्वभरिको गरिबी हटाउनको लागि प्रयोगात्मक अनुसन्धानमा पहल गरेको सम्मानमा यो पुरस्कार दिन लागिएको हो । गएको दुई दशकमा यो अनुसन्धानको सबैभन्दा धेरै भूमिका रहेको छ ।

नोबेल पुरस्कार प्राप्त गर्ने तीन जनामा अर्थशास्त्र विधामा नोबेल पुरस्कार जित्ने एस्थर डफ्लो सबैभन्दा कम उमेरकी महिला हुन् । साथै उनी अर्थशास्त्रमा नोबेल पुरस्कार जित्ने दोस्रो महिला पनि हुन् ।

 

प्रकाशित मिति: : 2019-10-14 16:54:03

प्रतिकृया दिनुहोस्