त्रिभुवन विमानस्थलबाट आन्तरिक र बाह्रय उडान सुचारु

Agency

करिव ५ घण्टादेखि अवरुद्ध रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा आएको छ ।

चिनियाँ राष्ट्रपति सी चिनफिङ चढेको जहाज चेन्नाईबाट उड्ने बित्तिकै नेपालको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलमा उडान र अवतरण बन्द गरिएको थियो।

सी विमानस्थलबाट सोल्टी होटल तर्फ लागेसँगै आन्तरिक र बाह्रय उडान सुचारु भएको हो । अन्तर्राष्ट्रिय उडानका लागि पार्किङ सीमितताका कारणसमेत उडान तालिका नोटम अवधिको अघि र पछि व्यवस्थापन गरिएको विमानस्थलले जनाएको छ।

 

प्रकाशित मिति: : 2019-10-12 18:10:58

प्रतिकृया दिनुहोस्