युरोकप छनौट २०२० अन्तर्गत भएको खेलमा पोर्चुगलले लक्जेम्बर्गलाई पराजित गरेको छ ।
शनिबार बिहान भएको समुह बिको खेलमा पोर्चुगलले लक्जेम्बर्गलाई ३–० गोल अन्तरले पराजित गरेको हो ।पोर्चुगलको जितमा बेर्नान्डो सिल्भा, क्रिस्टियानो रोनाल्डो र गोनकालो गुएडेसले समान एक एक गोल गरेका थिए ।
खेलको १६ औं मिनेटमा नै सिल्भाले गोल गर्दै पोर्चुगललाई १–० को अग्रता दिलाएका थिए । उनकै गोल मार्फत पहिलो हाफ १–० को अग्रता बनाएको पोर्चुगलले दोस्रो हाफमा थप दुई गोल गर्यो ।
खेलको ६५ औ. मिनेटमा रोनाल्डोले अग्रता दोब्बर बनाए । रोनाल्डोले यो गोलसँगै पोर्चुगलका लागि १६१ खेलमा ९४ गोल गरेका छन् ।यता खेलको ८९ औं मिनेटमा गुएडेसले गोल गर्दै पोर्चुगललाई ३–० को सहज जित दिलाए ।
जितसँगै समुह बि मा रहेको पोर्चुगलले ५ खेलबाट ११ अंक जोडेको छ भने दोस्रो स्थानमा समेत उक्लिएको छ । त्यस्तै लक्जेम्बर्गको ६ खेलमा ४ अंक रहेको छ ।
अब पोर्चुगलले अर्को खेल समुह बि मा शिर्ष स्थानमा रहेको युक्रेनसँग आगामी सोमबार खेल्ने छ ।