चीनका राष्ट्रपति सी चिनफिङको नेपालको शनिबारदेखि हुने दुईदिने राजकीय भ्रमणको अवसरमा सवारी व्यवस्थापनमा सहयोग गर्न उपत्यकावासीलाई महानगरीय ट्राफिक प्रहरी महाशाखाले अनुरोध गरेको छ ।
महाशाखाले यही असोज २५ र २६ गते मुख्य सवारी मार्गमा पुराना र अवस्था ठीक नभएका सवारीसाधन नचलाउन तथा हर्नको प्रयोग नगर्न सुचना जारी गरेको छ ।
त्यस्तैसवारी मार्गको प्रयोग नगरी अन्य वैकल्पिक सडकको प्रयोग गर्न तथा अनावश्यक सवारीसाधन प्रयोग नगर्न पनि महाशाखाले उपत्यकावासीसँग आग्रह गरेको छ ।
यता ठूला मालबाहक सवारीसाधन रिङरोडभित्र प्रवेश गर्न समेत रोक लगाएको छ ।