पाँच राष्ट्र सम्मिलत टी–२० शृङ्खला: ओमानसँग नेपाल ६ विकेटले पराजित

फाइल तस्बिर

पाँच राष्ट्र सम्मिलत टी–२० शृङ्खलाको अन्तिम खेलमा नेपाल पराजित भएको छ । बिहिबार अल अम्रेट क्रिकेट मैदानमा भएको खेलमा नेपाल आयोजक ओमानसँग ६ विकेटले पराजित भएको हो ।

नेपालले दिएको ६५ रनको लक्ष्य ओमानले ११ दशमलव ५ ओभरमा ४ विकेट गुमाएर पुरा गर्यो । ओमानका लागि सुरज कुमारले अविजित ४२ रन बनाए । तर ओमानका अन्य ब्याट्सम्यानले समेत दोहोरो अंकको स्कोर छुन सकेनन् ।

 नेपालका लागि करण केसीले २ तथा सन्दीप लामिछाने र सोमपाल कामीले समान एक एक विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको नेपालले ११ ओभरमा अलआउट हुदै ६४ रन बनाएको थियो ।नेपालका लागि दुई ब्याट्सम्यानले मात्र दोहोरो अंकमा रन बटुल्न सक्यो ।आरिफ शेखले सर्वाधिक २० रन बनाए भने दीपेन्द्र सिंह ऐरीले ११ रन जोडे ।

ओमानका लागि अमिर कालिमले ५ विकेट लिए भने बिलाल खानले २ विकेट लिए ।

हालसम्म तीन खेल खेलेको नेपालले २ मा जीत र २ मा हारको सामना गरेको छ । हङकङ र नेदरल्याण्डलाई पराजित गरेको नेपाल आयरल्याण्डसँग पराजित हुन पुगेको थियो ।

प्रकाशित मिति: : 2019-10-10 18:18:34

प्रतिकृया दिनुहोस्