सुकेर खङ्ग्रिएका घाउका बोक्राहरू गलेर कपासले पुछिन्छन्। घाउमा मलमपट्टी फेरिँदा केही शितल हुन्छ।
तर, त्यो मनमा लागेको त्यो चोट?
तेजावले गाला पोल्यो, छालाहरू खुइलिएका छन्। हातका छाला निख्रिएका छन्।
र, सँगै मुस्कानको अनुहार पनि फुङ्ग उडेको छ। बेला बेला हाँस्न खोज्ने उनका ओठमा घाउका बोक्राहरू आएर बाक्लिएका छन्।
तर, पनि उनी बोल्ने कोसिस गर्छिन्, आमा, बुवा अनि अस्पतालको बेडमा उनलाई भेट्न आउने आफन्तहरूसँग।
केही हिँड्नसक्ने भएकी छिन् उनी।
हो, उनी तंग्रिदैछिन्।