राष्ट्रिय खेलाडी र प्रशिक्षकको दशैं : सागमा गोल्ड मेडल ल्याउनेदेखि मुस्ताङ घुम्‍ने योजना

नेपालीको महान चाड दशैं र तिहार नजिकिँदो छ। संविधानत मुलुक धर्म निरपेक्ष घोषणा भएपछि सबै धर्म मान्नेको साझा चाड बनेको छ दशैं तिहार। पूर्वको ताप्लेजुङदेखि सुदूरपश्चिमको दार्चुलासम्म दशैंको रौनकले छोपेको छ। सर्वसाधारणदेखि 'भिआइपी'सम्मलाई मोहित बनाउने दशैंबाट नेपाली खेलकुद जगतका हस्तीहरू समेत अछुतो रहन सक्दैनन्। तर, धेरै जसो राष्ट्रियस्तरका खेलाडी र प्रशिक्षकको यो वर्षको दशैंमा परिवारको साथ रहने छैन।

पुरुष राष्ट्रिय फुटबल टोली विश्वकप छनौटको लागी अष्ट्रेलियामा रहँदा सागमा प्रतिस्पर्धा गर्ने खेलाडी क्लोज क्याम्पमा नै व्यस्त हुने गर्छन्। खेलाडीलाई पाँच दिन बिदा दिइए पनि नेपालमै आयोजना हुने प्रतियोगितामा उपाधी जित्नका लागि अधिकांश खेलाडीले परिवारसँग दशैं मनाउने छैनन्।

नजिकै घर हुनेहरू खेलाडी एवं प्रशिक्षक परिवारसँग दशैंको उत्साह साट्न लालयित रहँदा टाढा घर हुनेहरू साथीभाइ माझ नै दशैं मनाउने योजनामा छन्।

प्रकाशित मिति: : 2019-10-05 07:11:19

प्रतिकृया दिनुहोस्