मुलुकमा महँगी र भ्रष्टाचार बढेको छः महासचिव मैनाली

फाइल तस्बिर

नेकपा मालेका महासचिव सिपी मैनालीले वर्तमान सरकारले महँगी र भ्रष्टाचार रोक्न नसकेको आरोप लगाएका छन् ।

नेकपा माले जिल्ला कमिटी भक्तपुरले आज कमल विनायकमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उनले मुलुकमा सङ्घीयता सङ्कटमा परेको र सङ्घीयताले भ्रष्टाचार बढाएको आरोप लगाएका छन् ।

नेकपा ३ नं प्रदेश समितिका सचिव कृष्ण राणा, नेकपा माले भक्तपुरका सचिव दिनेश खातीले दुई तिहाइको सरकारले घोषणापत्र अनुसार काम गर्न नसकेको भन्दै सरकारले कार्यकर्ताभन्दा पनि जनताको पक्षमा काम गर्नुपर्नेमा जोड दिए ।

प्रकाशित मिति: : 2019-10-04 22:21:16

प्रतिकृया दिनुहोस्