नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका मोरङ सेक्रेटरी पक्राउ परेका छन् । पक्राउ पर्नेमा विप्लव समूहका मोरङ सेक्रेटरी कुमार खतिवडा रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक विश्व अधिकारीका अनुसार खतिवडालाई विष्फोटको घटनामा संलग्न भएको आरोपमा बिहीबार पक्राउ गरिएको हो । उनी माथि बेलबारीसहित विभिन्न स्थानमा बम विष्फोट गराएको आरोप छ ।
विराटनगरबाट फर्कदै गरेको अवस्थामा बुढीगंगा गाउँपालिकास्थित टंकी चोकबाट पक्राउ गरिएको अधिकारीले जानकारी दिए ।