काले कामीले 'गरिबहरुका पनि दिन आउँदा रहेछन्' भनेर बोल्दै गर्दा उनका छोरा मंगलराज कामी आँसु पुछ्दै थिए। 'गरिबको बच्चा(छोरो) थाइल्यान्ड जान पाउने भयो एकदम खुसी लागिरहेको छ,' उनले भने।
गुठिचौर गाउँपालिका ४ का मंगलले तीन महिना अघि दाङमा भएको तेक्वान्दो प्रतियोगितामा गोल्ड मेडल प्राप्त गरे। त्यसबेला उनी निकै खुसी थिए। त्यही बेला उनका गुरु लाल बहादुर रावतले अंगालोमा बेर्दै भने, 'स्याबास केटा अब तँ थाइल्यान्ड जान पाउने भइस्।' त्यसपछि मंगलले यो कुरा बाबुलाई सुनाए।
बाबु झन् खुसी त भए। तर एउटा समस्या थियो, थाइल्यान्ड जानलाई पैसा आफैं बेहोर्नुपर्ने । आफ्नो खर्चमा थाइल्यान्ड जाने सपनामा समेत नचिताएका उनलाई हकिकतमा त्यहाँ जान 'आकाशको फल आँखा तरि मर' जस्तै थियो। त्यसैले काले कामीले छोराको लागि सबैभन्दा पहिला नजिकको सरकार गुहारे। वडा हुँदै गाउँपालिकासम्म पुगे। पालिकाले वडाको सिफारिस माग्यो, ल्याए। जिल्लाको सिफारिस माग्यो, त्यो पनि ल्याए। त्यसपछि केही सहयोग गर्ने आश्वाशन दियो।
उनी ढुक्क थिए। छोराको जाने दिन नजिकिँदै गर्दा उनी गाउँपालिका गए। तर सहयोग पाउन सकेनन्। उनले त्यस्तो कुनै कागज गरेका थिएनन्। लिखित सम्झौता भएको थिएन। निराश भएर फर्किए। त्यसपछि उनी गए गाउँका युवा समाजसेवी दान बहादुर बुढाकोमा। उनले आफैले नसके पनि कतैबाट सहयोग जुटाएरै छोड्ने बचन दिए।
नेपाल प्रहरीका आईजीपी सर्वेन्द्र खनाल सरकारबाट अप्रत्यासित निर्णय नआए माघ २८ सम्म पदमा बहाल रहने छन् । चार महिनाको यो अवधिका उनले न खस्किएको आफ्नो छवि सुधार्न सक्छन् न सम्भव छ- संगठनको शाख नै उकास्न । Details
बिहीबार साँझसम्म मंगललाई थाइल्यान्ड पाठाउने पुग्ने रकम जुट्यो। दान बहादुरले त्यो रकम हस्तान्तरण गर्न पत्रकार सम्मेलन गरे। त्यहीँ उनले भने, ‘मंगल बाबुको व्यक्तिगत इच्छा पूरा हुनु जिल्लाको इच्छा पूरा हुनु हो। गुठिचौर गाउँपालिकाको इच्छा पूरा हुनु हो। संविधानले आर्थिक रुपममा कमजोर, गरिब, दलित जनजातिलाई हरेक क्षेत्रमा अगाडि बढाउन राज्यले भरपुर पर्यत्न गर्ने भनेको छ। तर बचन दिएको गाउँपालिकाले सहयोग नगरेकाले आफूहरु जुट्नु परेको हो।'
उनले मंगललाई जुम्लादेखि थाइल्यान्ड आउन जान लाग्ने एक लाख नगद जुटाइदिए।
'आज एक जना युवाले सरकारले लिने दायित्व पूरा गरेका छन्,' नागरिक समाजका अध्यक्ष राज बहादुर महतले दानबहादुरको प्रशंसा गर्दै भने, ‘खेलाडीले देश चिनाउने काम गरेका हुन्छन्। स्थानीय सरकारले देशको शिर ठाडो बनाउने खेलाडीलाई सहयोग गर्न नसकेर चुकेको छ। जुन काम दानबहादुर जीले गर्नुभयो।'
त्यस्तै चन्दननाथ नगरपालिका वडा नं ४ का अध्यक्ष अर्जुनसिंह कठायतले अन्तर्राष्ट्रिय स्तरको खेल खेल्ने खेलाडी उत्पादन हुँदा जिल्ला र राष्ट्रको नाम उँचो हुने हुनाले दान बहादुरको अभियानमा सहयोगीको भूमिका निर्वाह गरेको भन्दै कमजोर आर्थिक अवस्था भएका खेलाडी र जो कोही नागरिकलाई हिजोदेखि सहयोग गर्दै आएको र आगामी दिनमा पनि गर्ने बताए।
'खेल क्षेत्रको लागि स्थानीय सरकारले लगानी गर्ने गरि योजना बनाउन सकिरहेका छैनन्,' कठायतले भने, 'यदि मंगल जस्ता प्रतिभालाई लगानी गर्न सकिएमा देशलाई संसारभर चिनाउन थप सहयोग हुने थियो।'
मंगल जम्मा १४ वर्षका छन्। यो उमेरमा राष्ट्रिय, अन्तर्राष्ट्रिय स्तको प्रतियोगितामा छनोट भएका मंगलको भविष्य उज्ज्वल भएकाले उनलाई सबैले सहयोग गर्नुपर्ने उनको धारणा छ।
रकम हस्तान्तरणका लागि आयोजित पत्रकार सम्मेलनबाट प्रभावित भई जात्रा समितिका कोषाध्यक्ष प्रविण श्रेष्ठ र जिल्ला फुटबल संघका सचिव भरत बहादुर खत्रीले क्रमशः ५ हजार र एक हजार सहयोग गरेका थिए।
मंगलले सहयोग रकम बुझ्दै थाइल्यान्ड जाने पाउने हुँदा निकै खुसी लागेको बताउँदै सहयोग गर्नेलाई धन्यवाद दिए। 'म आज ज्यादै खुसी छु। गरिबको बच्चालाई आपत परेको बेला सहयोग गरि हौसला प्रदान गर्नुभएको छ। तपाईँहरुको सहयोगलाई सदैब कदर गर्दै उत्साहित भएर खेल क्षेत्रमा लागिरहने छु।' मंगलले भने, 'मेरो जस्तो कमजोर आर्थिक अवस्था भएका अरु पनि हुनुहुन्छ। उहाँहरुलाई पनि सहयोग गरिदिनु हुनेछ भन्ने आशा राखेको छु।'
हरेक शनिबारले दुखाइरहन्छ। दाइलाई सम्झाइरहन्छ। दाइलाई फोन गर्न मनलाग्छ। तर मेरो ओठबाट प्र्रस्फुटित हुन सक्दैनन् कुनै शब्दहरु। दाइको नाम उच्चारण गरेर डाको छोडी भन्न मन लाग्छ – तमाम शनिबारहरुको बीचमा त्यो शनिबार कहिल्यै आएन दाइ। Details
मंगल आगामी कार्तिक ६ गते देखि थाइल्यान्डमा हुने '९ औं डिरक तेकान्दो आन्तराष्ट्रिय प्रतियोगिता २०१९' मा ३४ किलो अन्तर्गतको खेलमा सहभागी हुनेछन्। प्रतियोगितामा ३२ राष्ट्रको सहभागिता रहने छ।