क्लाउडियोले लिए फुटबलबाट सन्यास

तस्बिरः एजेन्सी

इटालियन क्लब युभेन्ट्सका पूर्व मिडफिल्डर क्लाउडियो मार्चिसियोले फुटबलबाट सन्यास लिएका छन् । युभेन्ट्समा २५ वर्ष बिताएका मर्चिसियोले बिहिबार पत्रकार सम्मेलन गर्दै फुटबलबाट सन्यास घोषणा गरेका छन् ।


रुसी क्लब जेनिट सेन्ट पिटर्सवर्गका मिडफिल्डर मार्चिसियोले गत सिजन युभेन्ट्स छाडेका थिए ।बल ब्वाई हुँदै खेलाडी बनेका ३३ वर्षीय मार्चिसियो युभेन्ट्सको युथ टोलीबाट सिनियर टिममा आएका खेलाडी हुन् । मार्चिसियोले सिनियर टोलीमा सन् २००६ मा गरेका थिए । 

उनले युभेन्ट्सेबाट ३८९ खेल खेलेका छन् । जसमा मार्चिसियोले युभेन्ट्सबाट ७ पटक सिरी ए लिग र ४ पटक कोप्पा इटालिया जितेका छन् । उनले युभेन्ट्सबाट ३७ गोल गरेका छन् ।

 मार्चिसियोले इटालीबाट ५५ खेल खेलेका थिए ।

प्रकाशित मिति: : 2019-10-03 23:04:33

प्रतिकृया दिनुहोस्