दक्षिण अफ्रिकाविरुद्ध मयंकको दोहोरो शतक,केवशले लिए ३ विकेट

तस्बिरः एजेन्सी

दक्षिण अफ्रिकासँगको तीन टेष्ट सिरिजको पहिलो खेलमा घरेलु टोली भारतका मयंक अग्रवालले दोहोरो शतक बनाएका छन् । यससँगै भारतले ७ विकेटको क्षतिमा बनाएको ५०२ रनमा पारी समाप्तीको घोषणा गरेको छ ।

विशाखाटनममा विना विकेटको क्षतिमा बनाएको २०२ रनबाट भारतले दोस्रो दिनको खेल थालेको थियो । वर्षाको कारण केही बेर रोकिएको खेलमा अग्रवाल ८४ र रोहित शर्मा ११५ रनबाट अघि खेल्न थालेका थिए ।पहिलो विकेटका रुपमा आउट भएका शर्मालाई केवश  महराजले आउट बनाए ।

 

तर अग्रवालले दोहोरो शतक पुरा गरे । पाँचौं विकेटका रुपमा आउट भएका उनले २१५ रन बनाए । भारतका कप्तान विराट कोहली मात्र २० रनमा आउट भए ।

दक्षिण अफ्रिकाका केवश महाराजले ३ विकेट लिए ।

प्रकाशित मिति: : 2019-10-03 17:23:25

प्रतिकृया दिनुहोस्