अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ५ लाख घुससहित एकजना ओभरसियर पक्राउ गरेको छ। पक्राउ पर्नेमा लायन्स इन्जिनियरिङ कन्ट्रक्सन एन्ड कन्सल्टेन्सी टोखाका ओभरसियर प्रशान्त चौधरी रहेका छन् ।
टोखा नगरपालिकाबाट भवन निर्माण सम्पन्न प्रमाणपत्र लिनका लागि टोखा नगरपालिकाका कर्मचारीसमेतलाई मिलाउनका लागि ५ लाख घुस लिइरहेको अवस्थामा पक्राउ गरेको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिएका छन्।
घटनाबारे अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।