स्पेनिस क्लब रियल मड्रिड च्याम्पियन्स लिग फुटबल अन्तर्गत समूह चरणको दोस्रो खेलमा बराबरीमा रोकिएको छ ।
मंगलबार राति घरेलु मैदानमा भएको खेलमा रियल बेल्जियमको क्लब ब्रुगसँग २–२ गोलको बराबरीमा रोकिएको हो ।
सान्टियागो बेर्नाबेउमा खेलको नवौं मिनेटमा इमान्युएल डेनिसले गोल गर्दै ब्रुगलाई अग्रता दिलाएका थिए । खेलको ३९ औं मिनेटमा डेनिसले व्यक्तिगत दोस्रो गोल गर्दै ब्रुगलाई २–० को अग्रता दिलाए ।
तर, खेलको ५६ औं मिनेटमा कप्तान सर्जियो रामोसले गोल गर्दै रियललाई २–१ को स्थितिमा फर्काए । खेलको ८४ औं मिनेटमा रुड भोर्मेरले दोहोरो पहेलो कार्डसहित रातो कार्ड पाउँदा ब्रुग १० खेलाडीमा सिमित भयो ।
त्यसको एक मिनेट नबित्दै ८५ औं मिनेटमा कासिमिरोले गोल गर्दै रियललाई हारबाट जोगाए ।
यो बराबरीसँगै समूह ए मा रहेको रियलले २ खेलमा १ अंक जोडेको छ । २ खेलमा २ अंक जोडेको ब्रुग दोस्रो स्थानमा छ ।३ अंक जोडेको पीएसजी शीर्ष र १ अंक जोडेको गालतासारे तेस्रो स्थानमा छ ।