विप्लव समुहका स्थानीय कार्यकर्ता पक्राउ

सांकेतिक तस्बिर

नेत्रविक्रम चन्द विप्लव समुहका एक जना स्थानीय कार्यकर्तालाई जिल्ला प्रहरी कार्यालय बागलुङले पक्राउ गरेको छ । विप्लव समुहको गल्कोट नगर कमिटिका सचिव रहेका सुदर्शन नेपालीलाई गल्कोटबाट खटिएको प्रहरीको टोलीले पक्राउ गरेको हो ।

बागलुङको गल्कोट नगरपालिका–११ रिघा घर भएका २९ वर्षिय नेपाली विप्लवका आपराधिक क्रियाकलापमा संलग्न भएको आरोप छ । उनलाई थप अनुसन्धानका लागि गल्कोटबाट जिल्ला प्रहरी कार्यालय बागलुङमा ल्याएर हिरासतमा राखिएको छ ।

प्रकाशित मिति: : 2019-10-01 15:47:58

प्रतिकृया दिनुहोस्