चाडपर्व विकृतिरहित ढङ्गले मनाऔँ : मुख्यमन्त्री पौडेल

फाइल तस्बिर

प्रदेश नं ३ का मुख्मन्त्री डोरमणि पौडेलले चाडवाड मनाउँदा विकृतिरहित ढङ्गले मनाउनुपर्ने बताएका छने । उनले चाडपर्व सुसंस्कृत, विकृतिरहित मनाउँदा धर्म, संस्कृति तथा परम्पराको समेत संरक्षण हुने विश्वास व्यक्त गरे । संस्कृति र परम्पराको संरक्षण गरे पहिचानको संरक्षण हुने उनको भनाइ थियो ।

विजयादशमी, शुभदीपावली तथा छठ पर्वको अवसरमा जिल्ला समन्वय समिति मकवानपुरद्वारा आज आयोजित शुभकामना तथा चियापान कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले नेपाल सांस्कृतिक र धार्मिक हिसाबमा सम्पन्न रहेको बताए । उनले प्रदेश नं ३ सङ्घको राजधानी र देशको धार्मिक तथा सांस्कृतिक सम्पदाको समेत राजधानी रहेको उल्लेख गरे ।

मुख्यमन्त्री पौडेलले बहुधार्मिक, बहुसांस्कृतिक तथा बहुभाषिक राष्ट्र भए पनि एकअर्काबीच सद्भाव, सम्मान र समभावका कारण नेपाली–नेपालीबीचको बलियो एकता रहेको बताए । विजयादशमी, दीपावली, नेपालसंवत् तथा छठ पर्वका अवसरमा उनले देश तथा विदेशमा रहेका नेपालीप्रति शुभकामनासमेत व्यक्त गरे ।

प्रकाशित मिति: : 2019-10-01 11:48:12

प्रतिकृया दिनुहोस्