जिल्ला कारागार भरतपुरमा रहेका कैदीको मृत्यु

सांकेतिक तस्बिर

जिल्ला कारागार भरतपुरमा रहेका कैदीको मृत्यु भएको छ । मृत्यु हुनेमा धादिङको गजुरी गाउँपालिका घर भएका ३७ वर्षीय साइला भनिने राजकुमार राई छन् ।

कार्यालयका प्रमुख कमलप्रसाद काफ्लेका अनुसार जबर्जस्ती करणी मुद्दामा ०७३ मा छ वर्ष कैद सजाय पाएका राईको आज बिहान मृत्यु भएको हो ।

अर्बुदरोगका कारण काठमाडौँबाट यही असोज २ गते कारागार कार्यालय भरतपुर ल्याइएको थियो । उनको उपचारका क्रममा बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा मृत्यु भएको काफ्लेले बताए ।

प्रकाशित मिति: : 2019-10-01 10:46:12

प्रतिकृया दिनुहोस्