डडेल्धुरा- ०७१ साल जेठ २४ गते नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबादुर देउवाले डडेल्धुरालाई खुला दिसामुक्त जिल्ला घोषणा गरे। योसँगै डडेल्धुरा खुला दिसामुक्त हुने १५औँ जिल्ला बन्यो।यति मात्र होइन सुदुरपश्चिमका ९ जिल्लामध्ये दोस्रो जिल्ला समेत डडेल्धुरा नै भयो। कुल जनसंख्या १ लाख ४२ हजार ९४ रहेको डडेल्धुरामा २०७१ सालको तथ्यांकअनुसार जम्मा २७ हजार ७ सय ४५ घरधुरीमा निजी शौचालय छ। जसमध्ये केही परिवारले संयुक्त रुपमा शौचालय प्रयोग गरेको बताएको छ।
जिल्लाभर १२ सार्वजनिक शौचालय छन्। जसमध्ये पानीको समस्या तथा पायक पर्ने स्थानमा निर्माण नगरिएकाले सदमुकाममै ४ सार्वजनिक शौचालयमा ताला लगाएको छ। प्रयोगमा रहेका पनि अव्यवस्थित रुपमा प्रयोग भइरहेको उद्योग वाणिज्य संघ डडेल्धुरा अध्यक्ष लोकराज भट्टले बताए।