सञ्जीव-एकताको बच्चाको उपचारमा ग्रान्डीको गम्भीर त्रुटि : मेडिकल काउन्सिल

अस्पतालमा छोरासँग सञ्जीव (बायाँ) र उनका छोराको मस्तिष्कमा देखिएको कालो भाग (दाँया)। तस्बिर सौजन्य: सञ्जीव न्यौपाने।

नेपाल मेडिकल काउन्सिलले सञ्जीव न्यौपाने र  एकता घिमिरेको बच्चाको उपचारका क्रममा ग्रान्डी इन्टरनेसनल अस्पतालले गम्भीर त्रुटि गरेको ठहर गरेको छ।प्राध्यापक डाक्टर गणेश राईको नेतृत्वमा गठित विज्ञ टोलीको प्रतिवेदनका आधारमा काउन्सिलले उपचारमा संलग्न चिकित्सक र अस्पताललाई उक्त त्रुटिबारे स्पष्टिकरण माग गरेको छ।

२०७५ असार १२ गते एकताको शल्यक्रिया गरी बच्चा जन्मिएको थियो।  बच्चा जन्मेको आधा घन्टामै  उसलाई नियोनेटल इन्टेन्सिभ केयर युनिट (एनआइसियू) मा राखियो। पछि भेन्टिलेटरमा राख्दा बच्चालाई अस्पतालमा हुने ‘क्लेबसियला' ब्याक्टेरियाको संक्रमण भयो। बच्चाको अवस्था बिग्रँदै गएपछि पाँच पटकसम्म टाउकाको शल्यक्रिया गरियो। झन्डै १० महिना अस्पतालमा बिताएका सञ्जीव र एकताले गत वैशाखमा मात्रै अस्पतालबाहिरबाट आफ्नो बच्चा निको हुन नसक्ने थाहा पाएका थिए। त्यसपछि सञ्जीवले आफूलाई अस्पताल र डाक्टरहरूबाट अन्याय भएको भन्दै मेडिकल काउन्सिलमा ग्रान्डी अस्पताल, प्रशासन र डाक्टरविरूद्ध उजुरी हालेका थिए।

प्रकाशित मिति: : 2019-09-30 06:48:49

प्रतिकृया दिनुहोस्