पश्चिमी रसुवाको हाकुमा खुकुरी प्रहारबाट एक युवा घाइते

सांकेतिक तस्बिर

पश्चिमी रसुवाको हाकुमा खुकुरी प्रहारबाट आज एक युवा घाइते भएका छन् । घाइते हुनेमा आमाछोदिङ्मो गाउँपालिका–१ ठूलोहाकुका ३५ वर्षीय मिङ्मार सिङ्गी तामाङ छन् ।

टाउकामा गम्भीर चोट लागेका उनलाई उपचारका लागि एम्बुलेन्समा काठमाडौँ पठाइएको प्रहरी निरीक्षक हेमन्त थापाले जानकारी दिए । खुुकुरी प्रहार गर्ने सोही ठाउँका ५६ वर्षीय सिंहबहादुर तामाङलाई प्रहरीले नियन्त्रमा लिएको छ ।

प्रकाशित मिति: : 2019-09-29 21:35:27

प्रतिकृया दिनुहोस्