‘मृत्युको डर लाग्न छाड्यो’- राष्ट्रकवि माधव घिमिरे

तस्बिरः अनलाइन खबर

१२ असोज, काठमाडौं । नेपाली साहित्यका जिउँदा इतिहास हुन् कविवर माधव घिमिरे । उनले गत असोज ७ गते आफ्नो १०१ औं जन्मदिन मनाए । उमेरले दोस्रो शताब्दीमा हिँडिरहेका घिमिरे अहिले पनि मानसिकरुपमा उत्तिकै स्फुर्त छन्, उत्साही छन् । शारीरिकरुपमा भने अवश्य केही गलेका छन् ।

घिमिरेले यो उमेरमा पनि लेख्न छाडेका छैनन् । अहिले उनको एक मात्र ध्येय छ, आफ्नो प्रकाशोन्मूख महाकाव्य ‘ऋतम्भरा’ लाई पूर्णता दिनु । घिमिरे भन्छन्, ‘अब मेरो बाँच्नुको एकमात्र अभिष्ट यही काव्यलाई सम्पन्न गर्नु हो । यदि सकिनँ भने मलाई थकथकी भइरहने छ ।’

 
प्रकाशित मिति: : 2019-09-29 17:11:59

प्रतिकृया दिनुहोस्