इंग्लिस प्रियिमर लिग: साविकको विजेता म्यानचेस्टर सिटीको सहज जित, एभर्टन फेरि पराजित

तस्बिरः एजेन्सी

इंग्लिस प्रियिमर लिगमा साविकको विजेता म्यानचेस्टर सिटीले सहज जित निकालेको छ ।शनिबार राति भएको खेलमा सिटीले एभर्टनलाई उसैको मैदानमा ३–१ गोल अन्तरले पराजित गर्यो ।

एभर्टनको घरेलु मैदान गुडिसन पार्कमा भएके खेलमा सिटीलाई जित दिलाउन ग्राबियल जिसस, रियाद महरेज र रहिम स्ट्रर्लिङले समान एक एक गोल गरे । घरेलु टोलीका लागि एक मात्रै गोल डोमिनिक लेविनले फर्काए ।

खेलको २४ औं मिनेटमा जिससले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । ३३ औं मिनेटमा लेविनले गोल गर्दै घरेलु टोलीलाई १–१ गोलको बराबरीमा ल्याए ।

दोस्रो हाफमा भने सिटीले दुई गोल गर्यो । खेलको ७१ औं मिनेटमा महरेजले गोल गर्दै सिटीलाई २–१ को अग्रता दिलाए । त्यसपछि खेलको ८४ औं मिनेटमा स्ट्रर्लिङले गोल गर्दै सिटीलाई ३१ को जित दिलाए ।

जितसँगै सिटीले लिग लिडर लिभरपुलसँगको अंक दुरी घटाएको छ । दोस्रो स्थानको सिटीको ७ खेलबाट १६ अंक रहेको छ । सिटी लिभरपुल भन्दा ५ अंकले पछि छ । लिभरपुलको २१ अंक रहेको छ ।

एभर्टनले ७ खेलमा ७ अंक जोडेको छ । एभर्टन १५ औं स्थानमा छ ।

प्रकाशित मिति: : 2019-09-29 07:38:46

प्रतिकृया दिनुहोस्