सिंगापुरविरुद्व कप्तान खड्काको शानदार अर्धशतक

फाइल तस्बिर

त्रिकोणात्मक टी–ट्वान्टी सिरिजमा सिंगापुरविरुद्व नेपालका कप्तान पारस खड्काले आक्रमक ब्याटिङ गरेका छन् ।

१ सय ५२ रनको लक्ष्य पछ्याउने क्रममा ओपनिङमा आएका पारसले शानदार अर्धशतक प्रहार गरेका छन् ।ओपनर इशान पाण्डे ५ रनमा आउट भएको खेलमा कप्तान पारस र आरिफ शेखले नेपालको ईनिङ्स उकासेका छन् ।

यसअघि टस जितेर पहिला ब्याटिङ थालेको सिंगापुरले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १ सय ५१ रन बनायो । सिंगापुरका लागि कप्तान टिम डेविड ४४ बलमा ३ चौका र ४ छक्का सहित ६४ रनमा अविजित रहे । जनक प्रकाश १८ बलमा ३ चौका र १ छक्का सहित २५ रनमा अविजित रहे ।

नेपाललाई पहिलो सफलता चौथो ओभरको पहिलो बलमा करण केसीले दिलाए । करणले ओपनर रोहन रंगराजनलाई विकेटकीपर बिनोद भण्डारीबाट ६ रनमा क्याच आउट गराए ।

टि२० आईमा डेब्यू गरेका सुसन भारीले ओपनर सुरेन्द्रन चन्द्रमोहनलाई ३५ रनमा बोल्ड आउट गरे । नवौं ओभरको पहिलो बलमा सुसनले बोल्ड आउट गर्नु अघि चन्द्रमोहनले २६ बलमा ५ चौका र १ छक्का प्रहार गरे । करणले १५ ओभरको तेस्रो बलमा विकेटकीपर मनप्रित सिंहलाई १५ रनमा एलवी डब्लू आउट गरे ।

नेपालका लागि करण केसीले ४ ओभरमा ३४ रन खर्चेर २ विकेट लिए । टि२० मा डेब्यू गरेका सुसन भारीले ४ ओभरमा २७ रन खर्चेर १ विकेट लिए । सन्दीप लामिछानेले ४ ओभरमा १८ रन खर्चिदा कुनै विकेट लिएनन् । अभिनाश बोहोराले ३ ओभरमा १६ रन खर्चिए ।

प्रकाशित मिति: : 2019-09-28 20:08:12

प्रतिकृया दिनुहोस्