डेङ्गुका कारण विराटनगरस्थित नोबेल अस्पतालमा शुक्रबार एक जनाको मृत्यु भएको छ ।इलाम नगरपालिका–६ खरेलडाँडाका गणेश ताम्लिङ्ग सुब्बाको उपचारको क्रममा मृत्यु भएको हो ।
जिल्ला अस्पताल इलाममा डेङ्गुको किट अभाव भएको कारण गणेशको अस्पतालले समयमा रोग पहिचान नगरिदिएकाले मृत्यु भएको परिवारको भनाइ रहेको छ । यता अस्पतालले इलाम नगरपालिकासँग पहिले नै डेङ्गुको किट माग गरे पनि नगरपालिकाले तदारुकाता नदेखाएको जनाइएको छ ।
इलाम अस्पतालमा उपचार गराउन आएकामध्ये पाँच जनालाई डेङ्गु देखिएपछि बिरामीको सोहीअनुसार उपचार भइरहेको छ । इलाममा डेङ्गु फेला परेको यो नै पहिलो पटक हो ।